काठमाडौंः नेपाली कांग्रेसकी सांसद कमला पन्तले गृहिणीलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले गृहिणीले घरका अरु सदस्यले भन्दा बढी काम गर्दा पनि मूल्याङ्कन नभएको बताइन् ।
पन्त पूर्व महिला बालबालिका राज्यमन्त्री हुन् ।