बेलबारीः मेची सहकारी संस्था बेलबारी सेवा कार्यालयका सदस्यहरूले सीपमूलक तालिमपछि विभिन्न हस्तकलाका सामग्री तयार गरेका छन् ।
सहकारीले शेयर सदस्यलाई सीप सिकाएर उत्पादन तथा आयआर्जनसँग जोड्दै व्यावसायिकता वृद्धि गर्ने उद्देश्यले१० दिने सीपमूलक तालिम सञ्चालन गरेको थियो । सो तालिमपछि सदस्यहरूले धागोबाट फूल, लालीगुराँस, चिम्टी, रबर ब्याग, स्वीटर तथा गमलालगायतका सामग्री बनाएका थिए ।
सहकारीका अनुसार आगामी साधारणसभामा सदस्यहरूले तयार गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखिनेछ । साधारणसभामा सहभागी सदस्य तथा सर्वसाधारणले ती सामग्रीको अवलोकन तथा खरिद गर्न सक्ने सहकारीले जनाएको छ ।





