लेटाङः इलाका प्रहरी कार्यालय, लेटाङको हिरासत कक्षमा सञ्चालित हिरासत पुस्तकालयका लागि लेटाङ एडभान्स हस्पिटल प्रालिले पुस्तक सहयोग गरेको छ ।
हस्पिटलका सञ्चालक ईश्वर शाक्यले सोमबार विभिन्न विधाका १५ थान पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो । हिरासतमा रहेका थुनुवाहरूमा सकारात्मक सोचको विकास, ज्ञान अभिवृद्धि तथा असल आचरण र व्यवहार परिवर्तनमा मद्दत पुगोस् भन्ने उद्देश्यले ती पुस्तकहरू प्रदान गरिएको अस्पतालले जनाएको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै पुस्तक सहयोग गर्नुभएकोमा इलाका प्रहरी कार्यालय, लेटाङले अस्पताल सञ्चालक शाक्यप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको थियो ।





