Tuesday, August 18, 2026
Homeधर्म र संस्कृतिसलकपुरको नागदेवी मन्दिरमा नागको विशेष पूजा गरी मनाइयो नागपञ्चमी

सलकपुरको नागदेवी मन्दिरमा नागको विशेष पूजा गरी मनाइयो नागपञ्चमी

सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा रहेको नागदेवी मन्दिरमा हिजो नागपञ्चमीका अवसरमा विशेष पूजाआराधनाका साथै धार्मिक कार्यक्रम गरिएको छ ।

हरेक वर्ष नागपञ्चमीका दिन मन्दिरमा विशेष मेला लाग्ने र जीवित नाग (सर्प) को प्रत्यक्ष दर्शन गराएर पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार हिजो बिहानैदेखि नागदेवी मन्दिर प्राङ्गणमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नागदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण खड्काका अनुसार नागपञ्चमीको अवसरमा मन्दिरमा आउने दर्शनार्थीहरूले सहज रूपमा जीवित नागको दर्शन तथा पूजा–आराधना गरेका थिए ।

नागपञ्चमीका दिन नागको पूजा गर्नाले घरमा सर्पको भय नरहने, चट्याङ नपर्ने र धनधान्यको वृद्धि हुने धार्मिक विश्वास रहँदै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments