Tuesday, August 18, 2026
Homeसमाचारअब वडामै मतदाता नामावली अद्यावधिक हुने

अब वडामै मतदाता नामावली अद्यावधिक हुने

विराटचोकः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो ।

निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ । आयोगको साउन १५ गते बसेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने तथा त्यसका लागि वडास्तरमै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

आयोगले वडास्तरमै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने भएको छ । यस क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइँ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाएर अद्यावधिक गरिने भएको छ ।

सो कार्य आगामी भदौ १५ गतेभित्र सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । सो कार्यका लागि आवश्यक व्यवस्था मिलाइदिन आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आग्रह गरेको थियो ।

आयोगको सोही आग्रहबमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments