Monday, August 17, 2026
Homeकला र साहित्यजेफाले सिर्जना डबलीको २४६ औँ र हिँडौँ केराबारीको १९ औँ शृङ्खला एकसाथ...

जेफाले सिर्जना डबलीको २४६ औँ र हिँडौँ केराबारीको १९ औँ शृङ्खला एकसाथ सम्पन्न

केराबारीः मोरङको केराबारीमा साहित्यिक कार्यक्रमका साथ पदयात्रा र जङ्गल अवलोकनसँगै पर्या पर्यटनको सम्भावनाको खोजी गरिएको छ ।

शनिबार बिहान केराबारीको मुख्य चोक मच्छिन्द्र चोकबाट शुरु भएको ‘हिँडौँ केराबारी’ अभियानको १९ औँ पदयात्रा कुवापानी, हचुवा पुल हुँदै एकता सामुदायिक वनमा पुगेर टुङ्गिएको थियो । सो वनले तयार गर्दै गरेको वनभोज स्थल र वन क्षेत्रको भ्रमण पनि पदयात्रीले गरेका थिए । सो पदयात्रा तथा जेफाले सिर्जना डबलीको २४६ औँ शृङ्खला संयुक्त रूपमा सम्पन्न भएको हो ।

जेफाले सिर्जना डबलीको २४६ औँ शृङ्खलामा बालकुमार राई, रामशरण गैरे, सूर्य थापा, एसएन सुवेदी, खेमराज आचार्य, नवीन थापा क्षेत्री र गोकुल थापाले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

युवराज ठकुरीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता हिँडौँ केराबारीका परिकल्पनाकार गोकुल थापाले गर्नुभएको थियो ।

पर्यटन, स्वास्थ्य र साहित्यलाई सँगसँगै अघि बढाउने संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको व्यवस्थापन एकता सामुदायिक वन उपभोक्ता समूह केराबारीले गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments