विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।





