Thursday, August 13, 2026
Homeफिचरकोशीमा कांग्रेसका मन्त्रीले दिए मुख्यमन्त्री कार्कीसमक्ष सामुहिक राजीनामा

कोशीमा कांग्रेसका मन्त्रीले दिए मुख्यमन्त्री कार्कीसमक्ष सामुहिक राजीनामा

विराटनगरः कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामुहिक राजीनामा दिएका छन् ।

राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।

यससँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको आगामी स्वरूप र नयाँ राजनीतिक समीकरणबारे चासो बढेको छ । राजीनामापछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन तथा आगामी राजनीतिक सहकार्यबारे आवश्यक निर्णय लिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री कार्कीलाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments