Thursday, August 13, 2026
Homeअर्थशेयरबुधबार झिनो अंकले बढ्यो नेप्से, कारोबारमा आयो गिरावट

बुधबार झिनो अंकले बढ्यो नेप्से, कारोबारमा आयो गिरावट

विराटचोकः बुधबार शेयर बजार मापक नेप्से परिसूचक ०.०२ प्रतिशत अर्थात् ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४८ स्टकको ८७ लाख १ हजार ९४४ कित्ता शेयर ४३ हजार ९९० पटक किनबेच हुँदा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएका ५ वटामा हरियाली छाउँदा लगानी समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घटेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो बजारमा कारोबार हुन थालेको पहिलो दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।

अप्पर लोहरेखोला हाइड्रोको शेयरमूल्य १५ प्रतिशत घटेको छ । सो कम्पनीको कर्मचारी र स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरको लकइन खुल्ने अघिल्लो दिन १५ प्रतिशत मूल्य घटेको हो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब १५ करोड ३७ लाख ८७ हजार ८८० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments