Wednesday, August 12, 2026
Homeकला र साहित्यनेपाल प्रज्ञा प्रतिष्ठानले नै लेख्यो अशुद्ध

नेपाल प्रज्ञा प्रतिष्ठानले नै लेख्यो अशुद्ध

विराटचोकः नेपाली भाषा, कला र साहित्यको सर्वाेच्च संस्थाको रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले अशुद्ध हिज्जेयुक्त शब्द राखेर आफ्नो आधिकारिक फेसबुक पेजमा नवनियुक्त पदाधिकारीको पदस्थापनसम्बन्धी जानकारी दिएको छ ।

नवनिर्वाचित पदाधिकारीलाई कुलपति कुमार नगरकोटीले पदस्थापन गराउनुभएको विषय समेटेर फेसबुक पेजमा राखिएको स्टाटसमा कुलपतिको नाम नै गल्ती (कुमार नगरको) लेखिएको छ । त्यस्तै, प्रतिष्ठानको कार्यालय रहेको स्थान कमलादी पनि अशुद्ध (कमलादि) लेखिएको छ ।

विभक्ति शब्द लाई पनि गल्ती (लाइ), हरू शब्दको सट्टा (हरु) लेखिएको थियो । धरोहरलाई (धरोहोर), सभा सदस्य (समभा सदस्य), नेपाली (नेपाल) लेखिएको थियो ।

भाषा, साहित्य र कलाको सर्वाेच्च निकायले दिएको जानकारीसम्बन्धी भाषामा त्रुटि भेटिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएपछि प्रतिष्ठानले सो भाषा सच्याएको छ ।

यस्तो थियो प्रतिष्ठानले गल्ती सच्याउनुपूर्व राखेको स्टाटसः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments