Monday, August 10, 2026
Homeसमाचारग्यास अभावको गुनासोपछि प्रशासनको अनुगमन

ग्यास अभावको गुनासोपछि प्रशासनको अनुगमन

इटहरीः सुनसरीका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले ग्यास उद्योग तथा डिलरको अनुगमन थालेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको नेतृत्वमा खटिएको टोलीले इनरुवा, इटहरी, दुहबीलगायत क्षेत्रमा रहेका ग्यास डिलरको अनुगमन गरेको हो । अनुगमनका क्रममा डिलरहरूले ग्यास लुकाएर कालोबजारी गरेको नपाइएको प्रशासनले जनाएको छ ।

सुनसरीमा रहेका तीन ग्यास उद्योगमध्ये कामाख्या ग्यास उद्योगबाट निरन्तर ग्यास रिफिलिङ तथा बिक्री भइरहेको छ । प्रिमा र सुविधा ग्यास उद्योगमा भने हाल रिफिलिङ रोकिएको प्रशासनले जनाएको छ ।

रिफिलिङ रोकिएका उद्योगमा समेत आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र ग्यास बुलेट आयात गर्ने तयारी भइरहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments