इनरुवाः जिल्ला प्रशासन कार्यालय सुनसरीमा आयोजित संयुक्त भेलामा सहभागी विभिन्न धर्मका अगुवा तथा सामाजिक व्यक्तिहरूले सुनसरीमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न सामूहिक प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले जिल्लाको सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डपछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै धार्मिक तथा सामाजिक अगुवासँग प्रशासनले छलफल गरेको हो ।





