Sunday, August 9, 2026
Homeकला र साहित्यदुर्गा खनाल काफ्लेको ‘अनुराग र वियोग’ सार्वजनिक

दुर्गा खनाल काफ्लेको ‘अनुराग र वियोग’ सार्वजनिक

दमकः साहित्यकार दुर्गा खनाल काफ्लेको नयाँ उपन्यास ‘अनुराग र वियोग’ सार्वजनिक भएको छ । साहित्य कला सङ्गम दमकले आयोजना गरेको कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।

खनाल साहित्यकला सङ्गमकी उपाध्यक्ष हुनुहुन्छ । ‘अनुराग र वियोग’ खनालको चौथो कृति हो । यसअघि उहाँका ‘मनको विचलन’, ‘प्रेम सरोवर’ र ‘चाँदनी’ उपन्यास प्रकाशित भएका छन् ।

साहित्य, कला सङ्गमका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा साहित्यकार शिव रेग्मी ‘प्रणत’ र भीम दाहालले ‘अनुराग र वियोग’ माथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

त्यस्तै, कोसी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु विरही, ऊर्जाशील साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डीपी शर्मा, प्रगतिवादी समालोचक प्रा.डा. बद्रीविशाल पोखरेल, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ र डा. गोपालप्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कवि तथा साहित्यकार डा. खगेन्द्रप्रसाद दाहाल, मीना अधिकारी, चिरञ्जीवी काफ्ले, विवश बलिभद्र कोइराला र रोशन यात्रीलगायतले रचना वाचन गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारी ‘झाँक्रीखोले’ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।

कार्यक्रममा सुरसुधा सङ्गीत विद्यालयका कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम र तेह्रथुमका स्रष्टाको सहभागिता रहेको थियो ।

कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार हेमनाथ अधिकारी, दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उत्तम भट्टराई, संस्थाका सल्लाहकार सदस्य पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरे, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी र नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलीप घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments