Sunday, August 9, 2026
Homeकला र साहित्यठकुरी, तामाङ र लम्सालका गजलले गुञ्जाए सुन्दरहरैंचा

ठकुरी, तामाङ र लम्सालका गजलले गुञ्जाए सुन्दरहरैंचा

खोर्सानेः नझरेका फूलहरूले साउन महिनामा गरिरहेको नियमित शनिवारीय कार्यक्रम ‘झरी र इन्द्रेणी’को चौथो शृङ्खलामा हिजो तीन जना गजलकारले आफ्ना गजल सुनाउँदा कार्यक्रममा उपस्थित गजलप्रेमीले बारम्बार गजलका शेर गजलकारलाई दोहोर्याउन लगाए ।

सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सृजना क्याफेमा बिहान ७ बजे उपस्थित भएका गजलप्रेमीलाई गजलकार युवराज ठकुरी, सुनिता तामाङ र राज ‘यात्री’ लम्सालले आफ्ना आधा आधा दर्जन गजल सुनाएका थिए ।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कोसी साहित्य कला परिषद्का महासचिव नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो ।

साहित्यकार देवान किरातीको अध्यक्षतामा भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यकारको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments