Wednesday, August 5, 2026
Homeअर्थकोशी प्रदेशमा आज २३ हजारभन्दा बढी सिलिण्डर ग्यास बिक्री हुँदै, सबैभन्दा धेरै...

कोशी प्रदेशमा आज २३ हजारभन्दा बढी सिलिण्डर ग्यास बिक्री हुँदै, सबैभन्दा धेरै कोशी ग्यास बिक्री

विराटचोकः खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेको समयमा नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय मातहतका विभिन्न ग्यास उद्योगहरूले आज कोशी प्रदेशका विभिन्न जिल्लामा २३ हजार ७८२ सिलिण्डर खाना पकाउने एलपी ग्यास बिक्री गर्दैछन् ।

सबैभन्दा धेरै कोशी ग्यास बिक्री हुने भएको छ । निगमका अनुसार विभिन्न ५ वटा ग्यास उद्योगहरूले सार्वजनिक गरेको आज साउन २० गतेको ‘सेल्स प्लान अनुसार मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनकुटा र सङ्खुवासभामा बिक्रीका लागि ग्यास पठाइएको छ ।

कुन उद्योगले पठाए कति सिलिण्डर
कोशी ग्यासले आज सबैभन्दा धेरै १० हजार ६७० सिलिण्डर ग्यास बजारमा पठाएको छ । यस उद्योगले मोरङ, सुनसरी, सप्तरी र सिराहाका ५० वटा डिलरमार्फत् सो परिमाणको ग्यास बिक्री गर्न लागेको हो ।

मारुती ग्यासले ५ हजार ३२३ सिलिण्डर वितरण गर्ने तालिका सार्वजनिक गरेको छ । विराटनगर, धरान, इटहरी, झुम्का, तुम्लिङटार, लेगुवा र गाईघाट क्षेत्रका ५८ वटा डिलरलाई ग्यास उपलब्ध गराइएको सो उद्योगले जनाएको छ ।

विभिन्न ४४ वटा डिलरमार्फत् प्रिमा ग्यासले आज ३ हजार ९९१ थान सिलिण्डर ग्यास बिक्री गर्ने भएको छ ।

सुगम ग्यासले २५ वटा डिलरमार्फत २ हजार २२४ सिलिण्डर ग्यास बिक्री गर्ने भएको छ ।

सबैभन्दा कम रिजिको ग्यासले आज १ हजार ५७४ सिलिण्डर ग्यास १७ वटा डिलरमार्फत् बिक्री गर्ने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments