Wednesday, August 5, 2026
Homeसमाचारजेनजी प्रतिनिधिले भेटे कोशी प्रदेश प्रहरी प्रमुखसँग

जेनजी प्रतिनिधिले भेटे कोशी प्रदेश प्रहरी प्रमुखसँग

विराटनगरः द काउन्सिल अफ जेनजीका प्रतिनिधिले मंगलबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालसँग भेटघाट गर्दै प्रदेशको शान्ति सुरक्षा, प्रहरी–समुदाय सम्बन्ध तथा समसामयिक विषयमा छलफल गरेका छन् ।

जेनजी प्रतिनिधिहरूले प्रदेश प्रहरी कार्यालय रानी पुगेर प्रदेश प्रहरी प्रमुख खनाललाई स्वागत गर्दै समसामयिक विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

उनीहरुले कानुन कार्यान्वयन र न्याय सम्पादनका क्रममा प्रहरीले व्यापारी, विशिष्ट व्यक्ति वा राजनीतिक पहुँचका आधारमा होइन, सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने सुझाव दिएका थिए ।

भेटघाट सौहार्दपूर्ण र फलदायी भएको जनाउँदै जेनजी प्रतिनिधिहरुले प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा निरन्तर संवाद आवश्यक रहेको बताएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments