विराटचोकः आज शेयर बजार खुलेदेखि नै लगभग सकारात्मक देखिएको छ । तर तुलनात्मक रुपमा शेयर बजारमा खरीदबिक्री भने कम देखिएको छ ।
आज २ घण्टाको अवधिमा शेयर बजारमा १ अर्ब ६५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सूचक ८ अंक हाराहारी बढेर २६७० को आसपासमा रहेर कारोबार भइरहेको छ ।
३२९ स्टकको कारोबार भएको बजारमा सोलु हाइड्रोपावरको सर्वाधिक ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
उच्च मूल्य बढ्ने कम्पनीमा पनि सोलु हाइड्रो नै परेको छ । सो कम्पनीको शेयरमूल्य आज ११ प्रतिशत हाराहारी बढेको छ ।





