Monday, August 3, 2026
Homeअर्थउद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंका

विराटनगरः प्रहरीले आज बिहान करीब ४ बजे व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।

देवनरा समूहले मुख्य रूपमा चाँदीको कारोबार गर्छ । बाबा आयल र हाइलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्छ ।

अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको जनाएको छ ।

देवनरा समूहको नेतृत्वकर्ता प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष हुन् ।

विराटनगर स्थित मोरङ व्यापार संघ अगाडिको मुन्दडा निवासलाई प्रहरीले घेरा हालेर खानतलासी गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments