Monday, August 3, 2026
Homeसमाचारमनसुन पुनः सक्रिय हुँदै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन पुनः सक्रिय हुँदै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

विराटचोकः मनसुन पुनः देशभर सक्रिय हुन थालेको छ । जसका कारण सोमबार अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान विभागको छ ।

बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेरेर जानकारी लिन पनि विभागले अनुरोध गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments