Saturday, August 1, 2026
Homeअर्थवित्तसानिमा बैंकले बढायो नाफा

सानिमा बैंकले बढायो नाफा

विराटचोकः गत आर्थिक वर्षमा सानिमा बैंकले नाफा बढाएको छ । बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको हो ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (२ अर्ब ५७ करोड रुपैयाँ) को तुलनामा ३८.०१ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैंकको लाभांश दिने क्षमतामा पनि वृद्धि भएको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ कायम भएको छ ।

बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments