गोठगाउँः सामाजिक मिलन केन्द्र प्रतिष्ठानले खीर खाने दिनको अवसर पारेर हिजो सुन्दरहरैंचा–७ गोठगाउँमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका गतिविधिको बारेमा जानकारी गराउनुका साथै वक्ताहरुले प्रतिष्ठानको कामको चर्चा गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पूर्व शिक्षक सावित्रा संग्रौला र ज्येष्ठ नागरिक लालबहादुर सुनुवारलाई मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, समाजसेवी भक्तिप्रसाद सिटौला, पञ्चायत माध्यमिक विद्यालय गोठगाउँको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोष्टकुमार श्रेष्ठ, पूर्व प्रशासक प्रेमप्रसाद उप्रेती, पूर्व शिक्षक सावित्रा संग्रौला, संस्थाका सल्लाहकार सुरज बिष्ट, स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र चौलागाईँलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतिष्ठानले गरेका कार्यक्रमहरु प्रशंसनीय रहेको वक्ताहरुको भनाइ थियो ।
प्रमुख अतिथि नगरप्रमुख गुरागाईँले प्रतिष्ठानका गतिविधिलाई नगरले नजिकबाट हेरेर मूल्याङ्कन गरिरहेको बताउँदै प्रतिष्ठानलाई आवश्यक सहयोग गर्न नगर सधैँ तत्पर रहेको बताउनुभयो ।
प्रतिष्ठानले संस्थाका साधारण सदस्य, आजीवन सदस्य तथा कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिलाई खीर खुवाएको थियो ।





