विराटचोकः आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





