Wednesday, July 22, 2026
Homeसमाचारस्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा

स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा

काठमाडौंः सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा–विद्यार्थी सडकमा निस्किएका छन् । युवाले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।

लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने युवाहरूको माग छ ।

काठमाडौंको माइतीघरमा विरोधमा निस्किएकाहरूले सरकारको यस निर्णयले वर्षौँदेखिको लोकसेवा तयारीमा गरिरहेको मिहिनेत खेर गएको र रोजगारीको सपनामा लात हानेको गुनासो पोखेका छन् ।

करार प्रणालीको दुरुपयोग रोक्नुपर्ने, रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने, योग्यता र प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नुपर्ने, राजनीतिक प्रभावभन्दा कानुन र मेरिटलाई प्राथमिकता दिनुपर्ने उनीहरूले माग गरेका छन् ।

सांसदहरूले स्वकीय सचिव राख्ने नै भए नेपाल सरकारका कर्मचारी राख्नुपर्ने युवाहरूको भनाइ छ ।

विरोधमा निस्किएका युवाले ‘देशमै बाँच्ने–देशमै बस्न सक्ने वातावरण सिर्जना गर’, ‘स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’, ‘पहुँच भए खाऊ युवा–स्वकीय सचिव खाऊ !’, ‘लोक सेवा भिड्ने भए, भर्ना छैन जाऊ’ आदि नारा अङ्कित प्लेकार्ड बोकेका थिए ।

२ दिनअघि सचिवस्तरीय बैठकले नयाँ ओएण्डएमपछि बढी हुने (फाजिल) कर्मचारीको व्यवस्थापन नभएसम्मका लागि स्थायी पदपूर्तिमा रोक लगाउने निर्णय गरेको थियो ।

कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउन पनि बैठकले निर्देशन दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments