Wednesday, July 22, 2026
Homeअर्थभैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

भैरहवाः रूपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२\८३ मा लक्ष्यको ९२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवा कार्यालयलाई भन्सार विभागले गत आर्थिक वर्षका लागि १ खर्ब १३ अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले १ खर्ब ५ अर्ब २ करोड रुपैयाँमात्र राजस्व सङ्कलन गरेको हो ।

भन्सार विभागले तोकेको राजस्व संकलन हुन नसके पनि अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा भन्दा असुली दरमा सुधार भई १०.३३ प्रतिशतले प्रगति भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८१\८२ मा १ खर्ब ९ अर्ब ३३ करोड राजस्व संकलन लक्ष्य तोकिएकोमा ९५ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको थियो ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला ८ आर्थिक वर्ष २०७५\७६ देखि यता आर्थिक वर्ष २०७७\७८ मा बाहेक कुनै पनि आर्थिक वर्षमा लक्ष्य पूरा हुन सकेको छैन ।

कभैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार गत वर्षको साउन र चैत महिना बाहेक अरू महिनामा लक्ष्य पूरा भएको थिएन ।

भन्सार कार्यालयका अनुसार गत वर्षमा सबैभन्दा बढी १ लाख ७८ हजार २१५ थान मोटरसाइकल आयात हुँदा २१ अर्ब ७६ करोड ४१ लाख २९ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

७ हजार १५९ थान जिप, कार र भ्यानबाट १३ अर्ब ९६ करोड ७ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ । २ हजार ४१२ थान सिङ्ंगल÷डबल क्याप पिक अप गाडीबाट ४ अर्ब १८ करोड ४ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सो भन्सारबाट गत आर्थिक वर्षमा ३४ अर्ब ९८ करोड ३५ लाख मूल्यका विभिन्न वस्तु निर्यात भएका छन् । निर्यात भएका वस्तु पनि अघिल्लो आर्थिक वर्ष २०८१\२०८२ भन्दा ६६.९६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २० अर्ब ९५ करोड २६ लाखका विभिन्न वस्तु निर्यात भएका थिए ।

यस वर्ष धेरै निर्यात हुने १० प्रकारका वस्तुमा भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, आलमिनियमका तार, खैरो सिमेन्ट, चाउचाउ, खयरको कत्था, फलाम वा स्टिलका भाँडाकुँडा, सूर्यमुखीको प्रशोधित तेल, प्लाइउड र चोकर भुस रहेको कार्यालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments