बेलबारीः मोरङको बेलबारी नगरपालिका–४ स्थित इमानस्मृति टोल विकास संस्थाले ‘स्वच्छ टोल, स्वस्थ समाज’ भन्ने मूल नारासहित ‘एक घर, एक सहभागिता’ अभियान प्रारम्भ गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।
टोलवासीले इमानसिंह चोक, स्मृति चोक, महेन्द्र चोक तथा आसपासका सार्वजनिक स्थलहरू सफा गरेका थिए । सरसफाइका क्रममा सडक र नाली किनारमा उम्रिएका झारपात हटाउनुका साथै बाटोमा लत्रिएका र आवागमनमा अवरोध पुर्याउने रूखका हाँगाहरू काटेर व्यवस्थित बनाइएको थियो ।
संस्थाले आगामी दिनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा हरित टोल निर्माणसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





