बेलबारीः जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको प्रमुख आतिथ्यतामा मातहतका सम्पूर्ण युनिट इन्चार्जहरुको उपस्थितिमा दैनिक कार्य सम्पादन मूल्याङ्कन ढाँचा कार्यान्वयन समीक्षा सम्पन्न गरेको छ ।
सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरी र अस्थाई प्रहरी चौकी कटहरीका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्रिकाकुमार श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
गिरी र श्रेष्ठलाई कार्यालय प्रमुख कबित कटवालले प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।
सो क्रममा आफूले पाएको जिम्मेवारीलाई अझ उत्कृष्ट तवरले निर्वाह गर्न कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरीलाई उहाँले निर्देशन पनि दिनुभएको थियो ।





