Wednesday, July 22, 2026
Homeसमाचारगणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित

गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित

विराटचोकः कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुई जना प्रहरी असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी चाँदबेला सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।

प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एक थान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल हुनुभएको थियो ।

त्यसैगरी, प्रहरी हवल्दार ढकालले ठूलो परिमाणमा लागूऔषध बरामद गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ केजी र धरानका विभिन्न स्थानबाट ४०४ केजी गाँजा उहाँले बरामद गर्नुभएको थियो । साथै ४७.२९ ग्राम ब्राउन सुगर, १८ हजार ट्याब्लेट ट्रामोल र २१० ट्याब्लेट स्पास्पेन सहित अवैध ओसारपसारमा संलग्न व्यक्तिहरू र फरार प्रतिवादीहरूलाई पक्राउ गर्न पनि ढकाल सफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

थापा र ढकालको सो कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments