Tuesday, July 21, 2026
Homeशिक्षा र स्वास्थ्यविद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा सुकुनाका शिक्षकसहित तीन जना पक्राउ

विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा सुकुनाका शिक्षकसहित तीन जना पक्राउ

विराटचोकः सामाजिक सञ्जालमा तथा विद्यालयमा विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी गरी तीन जना पक्राउ परेका छन् ।

पीडित विद्यार्थीले सामाजिक सञ्जालमा आफूमाथि भएको यौनजन्य च्याटको स्क्रिनसट राखेपछि अन्य विद्यार्थीले पनि आफूहरुलाई कक्षामा, फोनमा तथा भेटमा यौनजन्य दुर्व्यवहार गरेको बताएका थिए ।

विद्यार्थीमाथि भएको भनिएको अमर्यादित व्यवहारमा संलग्न रहेको आरोपमा एक जना शिक्षकसहित ३ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार घटनाको अनुसन्धान शुरु गरिएको छ ।

घटना सार्वजनिक भएपछि सुन्दरहरैंचा नगरपालिकाले विज्ञप्ति निकाली घटनाको छानबिन गर्न विद्यालयलाई निर्देशन दिइसकिएको जनाएको थियो ।

मोरङ क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले घटनाको बारेमा आफूलाई जानकारी प्राप्त भएको र सुरक्षा निकायलाई अनुसन्धानका लागि अनुरोध गरिसकिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको थियो ।

पक्राउ परेकामध्ये एक जनाको नाम सार्वजनिक भए पनि अन्यको नाम सार्वजनिक भएको छैन ।

यौन दुर्व्यवहारजन्य च्याटका स्क्रिनसट विद्यार्थीले सार्वजनिक गरेपछि सुन्दरहरैंचा नगरपालिकाद्वारा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments