Wednesday, July 1, 2026
Homeसमाचारदेशभर मनसुन सक्रिय, गत २४ घण्टमा बाँकेमा र गत ३ घण्टामा धादिङमा...

देशभर मनसुन सक्रिय, गत २४ घण्टमा बाँकेमा र गत ३ घण्टामा धादिङमा बढी वर्षा

विराटचोकः हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको मौसम विज्ञान विभागले जनाएको छ ।

जसको प्रभावले बुधबार बिहान काठमाडौंलगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा धादिङको गजुरीमा सबैभन्दा धेरै ४१.६ मिलिमिटर वर्षा भएको छ । गत २४ घण्टामा भने बाँकेको मानपुरमा १३६.६ मिलिमिटर र बर्दियाको तारातालमा १२६.६ मिलिमिटर वर्षा भएको छ ।

गत चौबीस घन्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ ।

हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर पूर्णतया बादल लाग्ने र देशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments