Saturday, August 15, 2026
Homeपर्यटनकेराबारीमा फोहोर फाल्ने ठाउँमा बन्यो चिल्ड्रेन पार्क, दिनहुँ भेला भएर रमाउँछन् बालबालिका

केराबारीमा फोहोर फाल्ने ठाउँमा बन्यो चिल्ड्रेन पार्क, दिनहुँ भेला भएर रमाउँछन् बालबालिका

केराबारीः केही समयअघिसम्म फोहोर फाल्ने स्थानका रूपमा रहेको मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को रोटेपिङ क्षेत्रमा अहिले आकर्षक चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

फोहोरको थुप्रोका कारण नाक थुन्दै हिँड्नुपर्ने सो क्षेत्रमा अहिले साँझ र बिहानको हावा लिन तथा दिउँसो पीपलको छहारीमा शीतलमा रमाउन स्थानीय पुग्ने गर्दछन् ।

दक्षिणतर्फबाट केराबारी बजार प्रवेशद्वारमा सडक छेउमै रहेको चौतारी परिसरमा पेबल्स बिछ्याएर आकर्षक बनाइनुका साथै चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कमा चाकाचुली, पिङलगायतका खेलसामग्रीको व्यवस्था गरिएको छ । जसले गर्दा पार्कको शोभा बढेको छ र आगन्तुकलाई तान्ने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments