Saturday, November 14, 2026
Homeसमाचारसुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुन्दरपुरः सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुन्दरहरैंचाको तेस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न सभामा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाका सल्लाहकार पुरनकुमार राई र निवर्तमान अध्यक्ष नागेश पोखरेललाई सम्मानपत्र प्रदान गरिएको थियो । संस्थामा कार्यरत ४ जना कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष राजेन्द्र राईले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष चिरञ्जीवी रेग्मीले आर्थिक प्रतिवेदन र लेखा संयोजक परशुराम घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष लक्ष्मी सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शंकर देवानले गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका सल्लाहकार पुरनकुमार राई, केशरमान गुरुङ, अरुण सुवेदी, राधा ढकाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजका अगुवा, उपभोक्ता जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments