Wednesday, July 1, 2026
Homeकला र साहित्यसुन्दरहरैंचाका गजलकार यात्रीको ‘यात्री’ गजलसङ्ग्रहमाथि गृहनगरमा विमर्श

सुन्दरहरैंचाका गजलकार यात्रीको ‘यात्री’ गजलसङ्ग्रहमाथि गृहनगरमा विमर्श

सलकपुरः मोरङको सुन्दरहरैंचा नगरपालिकाका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ माथि सुन्दरहरैंचाको सलकपुरमा विमर्श भएको छ ।

रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेले लेखकको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले कृतिमाथि गहिरो विमर्श प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले यात्रीका गजल समसामयिक रहेको बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका पोखरेलले गजलका विषयमा भइरहेका विवादको कुनै अर्थ नरहेको बताउँदै बहर मिलाएर मात्र गजल नहुने त्यसमा भाव वा शिल्प पक्ष पनि मजबुत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राज लम्साल यात्री, भूमा अधिकारी, सुनिल अधिकारी, अस्मित धमला, समीक्षा दाहाललगायतले कृतिभित्रका पाँचओटा गजलको साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । मिश्रा गुरुङ, मुना आत्रेय, रमेश निरौला तथा हरि पराजुलीले कृतिभित्रका एक एकओटा गजल वाचन गर्नुभएको थियो ।

सुन्दरहरैँचा –८, सलकपुर, मोरङ निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् । साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल, सगरमाथा साहित्य प्रतिष्ठानलगायतका साहित्यिक संस्थामा आबद्ध रहँदै आएका उनको यो पहिलो एकल कृति हो । उनका यसअघि नै विभिन्न संयुक्त कृति प्रकाशित भइसकेका छन् । यस कृतिलाई साहित्य पोस्टले प्रकाशनमा ल्याएको हो ।

कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको विमर्श कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, साहित्यकार छवि वैरागी घिमिरे, स्वर सङ्गम सङ्गीतालय विराटनगरका प्रमुख कुशेस्वर राई, कृतिकारकी माता जीवकुमारी लम्साल, ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सञ्चालक कृष्ण ढकाल, सहायक प्रिन्सिपल मनोज पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, सङ्गीत साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसी, सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष मिश्रा गुरुङ, सप्तक कला केन्द्र सलकपुरका अध्यक्ष देवराज ढकाल सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा झापा, मोरङ तथा सुनसरीका भाषा, साहित्य तथा कलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधिहरू तथा स्रष्टा र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा भाषा, साहित्य र कलाका अतिरिक्त सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको समेत उपस्थिति रहेको थियो ।

कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालने संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments