Wednesday, July 1, 2026
Homeजीवनशैलीसामाजिक मिलन केन्द्रमा दहीचिउरा खाँदै मनाइयो आजीवन सदस्यको जन्मदिन

सामाजिक मिलन केन्द्रमा दहीचिउरा खाँदै मनाइयो आजीवन सदस्यको जन्मदिन

गोठगाउँः सुन्दरहरैंचामा क्रियाशील सामाजिक मिलन केन्द्र प्रतिष्ठानमा राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने पर्व मनाइएको छ ।

पर्वको अवसर पारेर मोरङको सुन्दरहरैँचा–७, गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानमा ज्येष्ठ नागरिकलाई दही–चिउरा खुवाउँदै सम्मान गरिएको हो ।

असार १५ गते जन्मदिन परेका प्रतिष्ठानका आजीवन सदस्यहरूको आरोग्यताको कामना गर्दै विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । असार १५ गते जन्मदिन परेका प्रतिष्ठानका आजीवन सदस्यहरु पूर्व सांसद लोकप्रसाद संग्रौलाका साथै सरस्वती कोइराला, हरि मानन्धर, रामबहादुर खुलाल कार्की, भीमप्रसाद खतिवडा, मनमाया कार्की, सनमान विक लगायतका सदस्यहरूलाई ज्येष्ठ नागरिकबाट टीका, आशीर्वाद तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकालले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सद्भाव प्रवद्र्धनमा उदाहरणीय भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने उहाँको प्रतिबद्धता थियो ।

प्रतिष्ठानका आजीवन सदस्यले आफ्नो जन्मदिन सम्भव भएसम्म प्रतिष्ठानको कार्यालयमा मनाउने गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments