Wednesday, July 1, 2026
Homeअर्थघट्यो पेट्रोल २० रुपैयाँ, डिजेल ३० रुपैयाँ र ग्यासको मूल्य १०० रुपैयाँ

घट्यो पेट्रोल २० रुपैयाँ, डिजेल ३० रुपैयाँ र ग्यासको मूल्य १०० रुपैयाँ

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २० रुपैयाँ र डिजेल ३० रुपैयाँले मूल्य घटाइएको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ घटाइएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा घटेर आएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments