Tuesday, June 30, 2026
Homeकला र साहित्यपूर्व शिक्षक पीताम्बर दाहाललिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ सार्वजनिक

पूर्व शिक्षक पीताम्बर दाहाललिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ सार्वजनिक

गछियाः साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचामा लामो समय शिक्षण गर्नुभएका सो विद्यालयका पूर्व प्रधानाध्यापक पीताम्बर दाहालले लेख्नुभएको कृति ‘अतीतदेखि वर्तमानसम्म’ एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

आइतबार सुन्दरहरैंचा–३ लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कृतिकारका विद्यार्थी प्रतिनिधि सभा सदस्य गुरु बराललगायतले कृतिको विमोचन गर्नुभएको हो ।

विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बरालले पीताम्बर सरको क्रान्तिकारिता र दूरदर्शिताको बारेमा व्याख्या गर्नुभएको थियो । वि. सं. २०२९ सालमा सरस्वती पूजा मनाउने क्रममा पुजारी छनोट विषयमा विवाद हुँदा तत्कालीन शिक्षक कृतिकार दाहालले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको बरालले स्मरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कृतिकारका विद्यार्थी तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले कृतिकार दाहालको अध्यापन सीप सबैका लागि प्रशंसनीय भएको बताउनुभयो ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले आफूले दाहालसँग अध्ययन गर्ने मौका नपाए पनि उहाँको शिक्षण शैलीको बारेमा भने आफू जानकार रहेको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै साजीलाल माविका पूर्व शिक्षक श्यामप्रसाद भट्टराईले कृतिले तत्कालीन समाजको चित्रण पनि गरेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित एसएलसीको २०३६, २०३७, २०३८ र २०३९ सालको ब्याचका विद्यार्थीले कृतिकारलाई सम्मान गरेका थिए ।

कार्यक्रममा कृतिकार दाहालका विद्यार्थीका साथै आफन्त, छिमेकी तथा संविधानसभा सदस्य हर्कमान तामाङ, कोशी प्रदेशका पूर्व सांसद लोकप्रसाद संग्रौला, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलगायतको  उपस्थिति थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments