Tuesday, June 23, 2026
Homeखेलकुद२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

विराटचोकः न्युयोर्कको न्यु जर्सी स्टेडियममा आज बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।

नर्वेको जीतमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेका थिए ।

खेलको ४३ औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८ औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे पनि ५८ औं मिनेटमा नर्वेका हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

मध्यान्तरपछिको अतिरिक्त समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यो जीतसँगै नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments