Tuesday, June 23, 2026
Homeखेलकुदलगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स नकआउट चरणमा प्रवेश

लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स नकआउट चरणमा प्रवेश

विराटचोकः लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको १४ औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । मध्यान्तरअघिको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो ।

खेलको ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

उस्मान डेम्बेलेले ६६ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाएका थिए ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments