Sunday, June 21, 2026
Homeखेलकुदपाराग्वेसँग पराजित भएपछि बाहिरियो टर्कीए

पाराग्वेसँग पराजित भएपछि बाहिरियो टर्कीए

विराटचोकः सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।

सहआयोजक अमेरिका लगातार दोस्रो जीतसँगै एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमा गरेको गोल नै टर्कीविरुद्धको खेलमा निर्णायक बनेको थियो ।

समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।

सबै टोलीले एकएक खेल्न बाँकी छ ।

टर्कीएमाथि १–० को जीत निकाल्न पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरका थिए । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै

जीतका लागि पर्याप्त भएको थियो ।

मध्यान्तरअघिको अतिरिक्त सम समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments