Saturday, June 20, 2026
Homeखेलकुदजारी विश्वकपको समूह चरणमा अमेरिकाको लगातार दोस्रो जीत

जारी विश्वकपको समूह चरणमा अमेरिकाको लगातार दोस्रो जीत

विराटचोकः फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत सिएटलमा भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जीत हात पार्दै अमेरिका जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने दोस्रो देश बनेको छ । यसअघि मेक्सिको नकआउट चरणमा पुगिसकेको छ ।

दुई जीतसँगै अमेरिकाको ६ अंक रहेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकासँग हारे पनि अघिल्लो खेल जितेको अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ । पाराग्वे र टर्की अंकविहीन छन् ।

अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले ४३ औँ मिनेटमा एक गोल गर्दा एक गोल अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती भएको थियो । खेलको ११ औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिबक्सभित्र क्रस गराएका थिए । त्यसपछि अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकाले उपहार गोल पाएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments