Friday, June 19, 2026
Homeखेलकुदबोस्नियालाई ४–१ गोलले पराजित गरेसँगै स्वीट्जरल्यान्ड समूहको शीर्ष स्थानमा, खेलको ७४ औँ...

बोस्नियालाई ४–१ गोलले पराजित गरेसँगै स्वीट्जरल्यान्ड समूहको शीर्ष स्थानमा, खेलको ७४ औँ मिनेटपछि भएका थिए सबै ५ गोल

विराटचोकः अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्वीट्जरल्यान्डले जारी विश्कपमा पहिलो जीत दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड कतारसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई तथा रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरेका थिए ।

स्वीट्जरल्याण्डका जोहान मान्जाम्बीले खेलको ७४ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि ८० औं मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

रुबेन वर्गासले खेलको ८४ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डको अग्रता दोब्बर बनाएका थिए ।

जोहानले ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।

मध्यान्तरपछिको अतिरिक्त समयमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने कोशिस गरेका थिए ।

खेलको आखिरी समयमा डिबक्सभित्र स्वीट्जरल्यान्डका खेलाडीलाई लडाएपछि स्वीट्जरल्याण्डले पाएको पेनाल्टीको सदुपयोग गर्दै ग्रानिट जाकाले चौथो गोल गरेपछि स्वीट्जरल्यान्ड ४–१ ले विजयी भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments