Thursday, June 18, 2026
Homeअर्थशेयर२७०० बिन्दुमा अडियो शेयर बजार

२७०० बिन्दुमा अडियो शेयर बजार

विराटचोकः आज शेयरबजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार समूह सर्वाधिक अर्थात ०.३१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०२ प्रतिशत, फाइनान्स ०.२०, लघुवित्त ०.०४ र म्युचुअल फण्ड ०.१९ प्रतिशतले बढे । बाँकी समूहमा रातो पोतिएको छ ।

अन्य समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घटेको दिन आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९८ लाख ४७ हजार ८७१ रुपैयाँको शेयर किनबेच भएको छ । युनाइटेड मोदी हाईड्रो, सिईडिबि होल्डिङ, बुङ्गल हाईड्रो र सिद्धार्थ बैंक उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशतले बढेको बजारमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १२.५३ प्रतिशत बढेको छ ।

सूचक घटेको बजारमा आज आँखुखोला जलविद्युतको शेयरमूल्य सर्वाधिक अर्थात् ४.०१ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब १४ अर्ब २९ करोड ५७ लाख २८ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments