विराटचोकः सत्ता गठबन्धनले कोशी प्रदेशमा फेरि माओवादीलाई धोका दिएको छ ।
राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनको स्पष्ट मत बढी हुँदा पनि कोशी प्रदेशको महिला उम्मेद्वारमा भने नतिजा उल्टिएको छ । गठबन्धनको तर्फबाट चुनावमा कांग्रेस र माओवादी केन्द्रले एक\एक सिटमा उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनलाई नेकपा एकीकृत समाजवादी र जसपाले पनि समर्थन गरेका थिए ।
सत्ता गठबन्धनसँग एमाले र राप्रपाको गठबन्धनले प्रतिस्पर्धा गरेको थियो । जसमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी चम्पादेवी खड्का पराजित भइन् भने एमालेकी रुक्मणी कोइराला निर्वाचित भइन् । १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित हुँदा खड्का मात्रै पराजित भइन् ।
यसअघि भएको चुनावमा पनि सत्ता गठबन्धनका एक जना पराजित हुँदा एमालेका उम्मेदवार विजयी भएका थिए ।