Monday, December 23, 2024
Homeखेलकुदखेलकुद बीमालेखको अवधि ७ दिनदेखि १ वर्षसम्म

खेलकुद बीमालेखको अवधि ७ दिनदेखि १ वर्षसम्म

सुन्दरहरैंचाः नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको बीमालेख अनुसार खेलकुद बीमालेखको अवधि ७ दिनदेखि एक वर्षको हुन्छ । बीमालेखको अवधि अनुसार बीमाशुल्कमा फरक पर्ने प्राधिकरणले जनाएको छ ।

एक वर्षका लागि बीमा गर्दा शतप्रतिशत शुल्क लाग्ने तर ८ दिनदेखि ३० दिनसम्मको बीमा गर्दा २५ प्रतिशत, ३१ दिनदेखि ९० दिनसम्मको लागि ४० प्रतिशत, ९१ दिनदेखि १८३ दिनसम्मको लागि ६० प्रतिशत र १८४ दिनदेखि ३६५ दिनसम्मको शतप्रतिशत बीमाशुल्क लाग्ने प्राधिकरणले जनाएको छ ।

सो बीमालेख अन्तर्गत बीमितको मृत्युको हकमा बीमाङ्क रकम सहित पार्थिव शरीर व्यवस्थापन खर्च र काज किरिया खर्च पनि बीमक कम्पनीले बीमितको परिवारलाई दिने उल्लेख छ । काज किरिया खर्च बीमाङ्क रकमको १० प्रतिशत वा ५० हजार रुपैयाँमा जुन कम हुन्छ सोही बराबर रकम बीमा कम्पनीले दिने भएको हो ।

पार्थिव शरिर व्यवस्थापन खर्चमा बीमाङ्क रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमा जुन कम हुन्छ सोही बराबर रकम कम्पनीले दिने भएको हो ।

दुर्घटना भई अङ्गभङ्ग हुँदा अङ्गमा पुगेको चोट र क्षतिका आधारमा रकम भुक्तानी हुने तथा औषधि उपचार खर्च पनि भुक्तानी गर्ने गरी खेलकुद बीमालेख जारी भएको हो ।

नेपालमा पहिलोपटक खेलकुद बीमालेख जारी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments