काठमाडौंः को पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ३ वटा बीमा कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको छ । प्राधिकरणले आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई कारबाही गरेको हो ।
यी कम्पनीलाई २–२ लाख रुपैयाँ नगद जरिवाना गरिएको हो । प्राधिकरणले गरेको स्थलगत निरीक्षणका क्रममा देखिएको कैफियतहरू र पटक पटकको स्पष्टीकरणपछि ३ वटा निर्जीवन बीमा कम्पनीलाई कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि पनि सिद्धार्थ प्रिमियर इन्सुरेन्सलाई प्राधिकरणले २ लाख रुपैयाँ जरिवाना गरेको थियो ।