विराटचोकः फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई १ का विरुद्ध ३ गोलले हराउँदै कोलम्बियाले जीत हासिल गरेको छ ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए ।
कोलम्बियाका डानिएल मुनोजले ४० औं मिनेटमा पहिलो गोल गरेका थिए ।
विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलको ६५ औँ मिनेटम कोलम्बियाका लुइस डियाजले थप गोल गर्दै गोलसंख्या दोब्बर बनाएका थिए ।
मध्यान्तरपछिको अतिरिक्त समयको नवौँ मिनेटमा कोलम्बियाका जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३–१ को जीत दर्ता गराई ३ अंक हात पारेका थिए ।




