सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का २८८ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत ल्याउनुभएको थियो । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
अधिवेशनमा ५३० जना प्रतिनिधि सहभागी भए पनि निर्वाचनमा सबै सहभागी भएका थिएनन् ।




