Wednesday, June 17, 2026
Homeअर्थआजदेखि ५०० दरका नयाँ नोट बजारमा

आजदेखि ५०० दरका नयाँ नोट बजारमा

विराटचोकः आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै नयाँ नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटसरह नै रहनेछ । नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएको छ ।

नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिह्न राखिएको छ । नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments