जनकपुरः मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री युवराज भट्टराईले आज चालुतर्फ १४ अर्ब ६६ करोड अर्थात् ३५.९४ प्रतिशत र पूँजीगततर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ प्रतिशत रक विनियोजन भएको बजेट प्रस्तुत गर्नुभएको हो ।
खर्चको स्रोतमा आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा मधेस सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो ।




