विराटचोकः फिफा विश्वकप २०२६ को समूह ’एफ’ अन्तर्गत आज बिहान भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोल अन्तरले पराजित गरी ३ अंक हात पारेको छ ।
मेक्सिकोमा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोल गरेका थिए । ट्युनिसियाका तर्फबाट ओमार रेकिकले खेलको ४३ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।
जीतपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेलेका थिए ।




