विराटचोकः फिफा विश्वकप २०२६ को समूह ई अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्ट ले दक्षिण अमेरिकी टोली इक्वेडरमाथि १–० को रोमाञ्चक जीतका साथ ३ अंक जोडेको छ ।
आज बिहान अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा आइभोरी कोस्टका खेलाडी विल्फ्रेड सिङ्गोको उत्कृष्ट पासमा वैकल्पिक खेलाडी अमाद डियालोले डि–बक्सको मध्यभागबाट खेलको ९० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आइभोरी कोस्टलाई रोमाञ्चक जीत दिलाएका हुन् ।
समूह ई मा जर्मनीले कुरासाओमाथि फराकिलो जीत निकाल्दै ३ अंकका साथ शीर्ष स्थान ओगटेको छ । आइभोरी कोस्ट पनि ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।




